
झापा, साउन ३१ गते ।
झापाको अर्जुनधारामा तार सर्ट हुदा एउटा टेम्पो जलेर नष्ट भएको छ । अर्जुनधारा नगरपालिका – ६ को भित्री सडक खण्डमा मे १ ह ५८६ नम्बरको टेम्पो जलेर नष्ट भएको हो ।
पश्चिमबाट पूर्व महानन्द चोक तर्फ आउदै गरेको टेम्पोमा अचानक तार सर्ट भई आगलागी हुदा जलेर पूर्ण रुपमा नष्ट भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
