
उदयपुर, फागुन २१ गते ,
उदयपुरको रौतामाईमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । रौतामाई गाउँपालिका–५ धोदे निबासी भुपराज राईको घर जलेर नष्ट भएको हो ।
घरमा कोही नभएको बेला दिउँसो करिब ४ः४५ बजे एक्कासी घरमा आगलागी हुदा खरको छानो भएको एक तले घर, शौचालय,२० वाटको दुई वटा सोलार, ३/४ बोट सुन्तला, १ बोट नेवुवा करिब २५ सय पैसा, अन्नपात, भाडावर्तन लत्ताकपडा पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय सिताराम राईले बताए ।
हावा चलेको र पानीको समस्याले गर्दा आगो नियन्त्रणमा लिन सकिएन । विकट पहाडी भेग भएकाले कुनै स्रोत साधन पुग्न नसकन्े भएकाले आगो नियन्त्रणमा लिन नसक्दा पूर्ण रुपमा जलेर नष्ट भएको स्थानीय राईले बताए ।
