Friday, June 5News That Matters

आगलागीबाट १ बालिकाको मृत्यु, २ घाईते

पूर्णपुष्टि, वैशाख २३ गते ।
भोजपुरको षडानन्द नगरपालिका–१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन् ।
बिहिवार बेलुका ७ बजे स्थानीय खेममणी तामाङको दुई वर्षीया छोरी रेश्मा तामाङको मृत्यु भएको हो । मृतक बालिकाको बुवा खेममणी र आमा मिना तामाङ भने घाईते भएका हुन् ।
तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पूर्णरुपमा जली नष्ट हुँदा निजको छोरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सोही आगलागीमा परि खेममणी र मीना घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान लगिएको छ । उक्त आगो फस्ट राईफल गण दिङ्लाबाट खटिएको नेपाली सेनाको टोली, नेपाल प्रहरी र स्थानियको सहयोगमा राती साढे २ बजे नियन्त्रण गरिएको थियो ।
आगलागिबाट खेममणी तामाङ र अर्जुन तामाङ समेतको २ वटा घर र घरमा भएको किराना पसल र कपडा पसल समेत पुर्णरुपमा जली नष्ट हुँदा अन्दाजी २ करोड ६० लाख २३ हजार बरावरको क्षति भएको ईलाका प्रहरी कार्यालय दिङलाले जनाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनि प्रकृया भईरहेको छ ।