Friday, May 8News That Matters

आगलागीबाट २ घर जलेर नष्ट

उदयपुर, कार्तिक १८ गते । 

उदयपुरको उदयपुरगढीमा आगलागी हुदा दुई घर जलेर नष्ट भएको छ । उदयपुरगढी गाउँपालिका–२ गेर्खेका गौर बहादुर तामाङको दुई वटा घर जलेर नष्ट भएको हो ।

आईतबार दिउँसो कबिर १२ बजे सोलार प्यानलको करेन्ट सर्ट भई अचानक आगलागी हुँदा अन्दाजी १६ लाख भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट ढुङ्गा माटोले बनेको दुई वटा दुई तले घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ  ।

प्रहरी चौकी उदयपुरगढीबाट खटेका प्रहरी र स्थानीयको सहयोगमा दिउँसो २ बजे आगो नियन्त्रणमा लिएको थियो । कुनै मानविय र चौपाय क्षती नभएको प्रहरीले जनाएको छ ।