Monday, April 20News That Matters

आगामी आर्थिक वर्ष बजेट लेख्ने भुपाल बरालको संयोजकमा नयाँ टिमको टुंगो

पूर्णपुष्टि,चैत्र २४ । आगमी आर्थिक वर्ष (आव) २०८०–८१को बजेट लेख्न अर्थ मन्त्रालयले नयाँ टिमको टुंगो लगाउको छ । मन्त्रालयले बजेट मस्यौदा लेखन समिति गठन गरी जिम्मेवारी समेत तोकेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

बजेट लेखनमा अर्थ मन्त्रालयका दुई सचिव (राजस्वसहित) र अर्थ मन्त्रीले मार्गदर्शन गर्ने गर्छन् । यसअघि राजस्व सचिवको नेतृत्वमा राजस्व परामर्श समिति गठन भई काम भइरहेको छ ।

मन्त्रालयले सहसचिव भुपाल बराल संयोजक रहने गरी समिति बनाएको छ । जसमा सहसचिवहरु उत्तरकुमार खत्री, धनिराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् ।