Monday, June 22News That Matters

आगोमा जलेर एक महिलाको ज्यान गयो

पूर्णपुष्टि,चैत २६

खोटाङमा आगोले जलेर एक महिलाको ज्यान गएको छ । बराहपोखरी गाउँपालिका–२ बस्ने ७४ बर्षीया डम्बर कुमारी मगरको आगोले जलेर ज्यान गएको हो ।

हिजो दिउँसो १ बजेको समयमा स्थानीय तरेभिर जंगलमा आगलागी भएको थियो । उक्त आगलागी प्रहरी तथा स्थानीयवासीहरुले नियन्त्रणमा लिने प्रयास भईरहेको अवस्थामा भीरको माथी बसीरहेकी बृद्धालाई  एक्कासी आगोको लप्काले भेटेर शरिरमा आगो लाग्दा उनी घाईते भएकी थिईन् । बृद्धालाई  तत्काल उद्धार गरी उपचारको लागी अस्पताल लैजाने तयारी गर्दा गर्दै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।