Sunday, July 12News That Matters

आगोले जलेर एक बृद्धाको मृ.त्यु

पूर्णपुष्टि, मंसिर २९

पाँचथरको फिदिम नगरपालिका–१३ स्थितमा आगोले जली एक जना बृद्धा महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ९२ बर्षीया सुकमति नेम्वाङ रहेकी छन् । आफ्नै घरमा एक्लै बस्दै आएकि नेम्वाङ अगेना छेउमा सुतेको अवस्थामा आगोले जली मृत अवस्थामा फेला परेकि हुन ।

बुधबार बिहान घरबाट धुवा निस्केको स्थानिय मानिसले देखि तत्काल घर भित्र गई हेर्दा बृद्धा महिलाको शरिरमा आगो सल्केको देखि पानी खन्याई आगो नियन्त्रण गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको टोली घटना स्थलमा पुगेको थियो ।

मृतक लाशलाई आवश्यक कानुनि प्रकृया पुरा गरी पोष्ट मार्टमको लागि जिल्ला अस्पताल पाँचथर पठाईएको छ । घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।