Wednesday, May 27News That Matters

आगोले ४५ प्रतिशत जलेको पाठकलाई नागबेली लघुवित्त संस्थाको आर्थिक सहयोग

गाईघाट/माघ २१

नागबेली लघुवित्र संस्था गाईघाट शाखाले आफ्नो १० औँ बार्षिकोत्सवको अवसरमा आगोले ४५ प्रतिशत जलेको रौतामाई गाउँपालिका ३ लाफागाउँका दिनेश पाठकलाई आर्थिक सहयोग गरेको छ । बार्षिकोत्सवको अवसरमा संस्थाले जिल्ला हस्पिटल उदयपुरमा रहेको विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम सहित आर्थिक सहयोगको कार्यक्र राखेको थियो । मंगलबार जिल्ला हस्पिटल उदयपुरमा एक कार्यक्रम गर्दै जिल्ला समन्वय प्रमखु खड्ग परियारले विरामीलाई आर्थिक रकम आर्थिक रकम तथा विरामीहरुलाई फलफुल वितरण गर्नुभयो । हस्तान्तरण गर्नुभयो । संस्थाले विरामीलाई ५ हजार आर्थिक सहयोग सँगै फलफुल उपलब्ध गराएका छन् ।संस्थाले पैसाको अभावमा ठुलो हस्पिटमा उपचार नापाएका पाठकलाई आर्थिक सहयोग तथा अन्य विरामीहरुलाई फलफुल वितरण गर्दै बार्षिकोत्सव मनाएको हो । संस्था सँगै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला हस्पिटल उदयपुरको व्यवस्थापक खड्ग परियार सहित अन्य व्यक्तिहरुले पनि आर्थिक सहयोग गर्नु भएको छ । यसै संस्था केन्द्र नं ३ की दुर्गादेवी साहीले रु १ हजार, तारा बजगाईले रु २ हजार र समन्वय प्रमुख परियारले रु ५ हजार सहयोग गरी पाठकलाई १३ हजार आर्थिक सहयोग जुटेको छ ।

समन्वय प्रमुख परियारले यस कार्यक्रमले यस्तो अवस्थामा रहेको पिडितलाई बार्षिकोत्सवमा सहयोग गरी पुण्यको काम गरेको बताउनुभयो । पिडामा तड्पिएर जिवन सँग संघर्ष गरिरहेको दिनेश पाठक प्रति अन्य संस्था व्यक्तिहरुले पनि यसरीनै सहयोगी हात फैलाउन अनुरोध गर्नुभयो । उहाँले हस्पिटलले पनि सक्दो उपचारमा सहयोग गरिरहेको र हस्पिटल व्यवस्थापन समितिको पक्षबाट पनि आर्थिक भौतिक सहयोगको लागि आफु तयार रहेको उहाँले बताउनुभयो । यस्तै नागबेली लघुवित्त गाईघाट शाखाका प्रमुख कुन्दन कुमार यादवले यो बर्ष संस्थाले सहयोगी भावनाका साथ उत्सव मनाएको बताउनुभयो । आफ्नो केही कर्यक्रम खर्चहरुलाई पिडामा रहेको विरामी र आगोले पोलेर जिवन संग सघर्ष गरिरहेको बिरामीहरुलाई सहयोग गरी उत्सव मनाएको बताउनुभयो । उहाँले यस्तो कार्यलाई संस्थागत सामाजिक उत्तरदायित्वको रुपमा लिएको बताउनुभयो ।

उहाँले स्वास्थय नै धन हो भन्ने नारालाई अघि बढाउँदै संस्थाले सामाजिक उत्तरदायित्वको रुपमा यस कार्यक्रमलाई अगाडी बढाएको बताउनुभयो । संस्थाले ग्रामिण क्षेत्रमा रहेको विपन्न वर्गका परिवारहरुलाई आयआर्जनमा ठुवा पुराउने उदेश्यले १० बर्ष अघि संस्था स्थापना गरेको थियो ।

स्थापनाको सुरुवातीमा ३ ओटा जिल्ला झपा, मोरङ र इलाम ३ ओटा कार्य क्षत्र बनाइ आफ्नो सुरुवाती यात्रा तय गरेको थियो । अहिले १० ओटा कार्य क्षेत्र जिल्ला स्थापना भएको छ भने ३६ ओटा शाखाहरु स्थापना भईसकेको संस्थाकी कर्मचारी तारा परियारले बताईन् । १ बर्ष पहिले स्थापना भएको गाईघाट शाखा ३१ औं नम्बरमा पर्छ ।

                                 फोटो फिचर