
पूर्णपुिष्ट, जेठ २५ गते ।
आज उदयपुरमा बेलकामा फेला परेका दुई जना कोरोना संक्रमित एक दम्पती भएको बुझिएको छ ।
उनीहरु भारतबाट घर फर्किए र बेलका नगरपालिका–३ को एक क्वारेन्टाईनमा बस्दै आएको थियो । उनीहरु भारतमा ज्याला मजदुरी गर्ने बुझिएको छ । कोरोनाको कारण लकडाउन भएपछि नेपाल आएको थियो ।
उनीहरुको स्वव नमुना परिक्षण पठाएकोमा ३६ वर्षीय पुरुष र ३५ वर्षीय महिलाको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरुलाई विराटनगरको कोशी अस्पताल लैजाने तयारी भैरहेको जनाईएको छ ।
आज बेलका नगरपालिकामा २ र चौदण्डिगढि नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको थियो ।
