Saturday, June 6News That Matters

आज एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

पूर्णपुष्टि, जेठ ३२ गते ।

आज एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक बस्दै छ । दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको छ ।

एमसीसी कार्यदलका सदस्य भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बैठकमा आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।

आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ । यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपा माथि दबाव छ ।

पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

सुरुसुरुमा एमसीसी पारित गर्नै पर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् ।