
कात्तिक १८ गते ।
आज कुवेती दिनार र ओमानी रियालको भाउ घटेको छ भने कोरियन वनको भाउ केही पैसाले बढेको छ । सोमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ र बिक्रीदर १ सय १३ रुपैयाँ ६० पैसा तोकेको छ ।
साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा रहेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा रहेको छ । त्यस्तै ओमानी रियाल १ को खरिददर २ सय ९४ रुपैयाँ २० पैसा रहेको छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ २८ पैसा रहेको थियो ।
यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा छ भने रिंगिट १ को खरिददर २७ रुपैयाँ १३ पैसा बिक्रीदर २७ रुपैयाँ २७ पैसा तोकेको छ । त्यस्तै वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिददर ३ सय ७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३ सय ७४ रुपैयाँ ४४ पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६५ पैसा थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर २ सय ९९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३ सय १ रुपैयाँ ३४ पैसा रहेको छ ।
