Thursday, May 28News That Matters

आज केहि भेगमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना

पूर्णपुष्टि, बैशाख १० गते । 

आज पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पने सम्भावना रहेका मौसम पूर्वानुमान महाशााले जनाएको छ ।

स्थानीयसँगै पश्चिमी वायुको प्रभावले पहाडी क्षेत्रका धेरै तथा मध्य र पूर्वी तराईका केही ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसकै प्रभावले अहिले मध्य र पूर्वी क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भइ पश्चिमी क्षेत्रको मौसम आंशिक बदली भएको महाशाखाले जनाएको छ ।

आज दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडका धेरै तथा मध्य र पूर्वी तराईका थोरै ठाउँमा मेघगर्जन हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।