
पूर्णपुष्टि, असोज ९
आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर आज केहि ठाउँमा ठूलो झरी पर्ने सम्भावना हरेको महाशाखाले जनाएको छ ।
हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने महाशाखाका जनाएको छ ।
प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका १÷२ ठाउँमा आज पनि ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर हिजोअस्तिको जस्तो लगातार झरीको संभावना भने नभएको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ । तर देशभरिकै मौसम पूर्णरुपमा खुल्न भने समय लाग्नेछ । आज दिउँसो एकैछिन घाम लागे पनि फेरि बादल लाग्ने गरेपनि भोलिदेखि भने मौसम खुल्दै जाने जनाईएको छ । यो प्रणाली हटेपछि बिस्तारै मनसुन सकिने र चिसो बढ्दै जाने महाशाखाले जनाएको छ ।
