
पूर्णपुष्टि, जेठ २५ गते ।
आज नेपालमा १ सय २ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ४ सय ६७ पुगेको हो ।
१ सय जना पुरुष र २ जना महिला डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३ सय ९९ जना पुरुष र ६८ जना महिला उपचारपछि निको भएका हुन् ।
१ न. प्रदेशमा ९१ जना, २ न. प्रदेशमा १ सय ८६ जना, वाग्मती प्रदेशमा ३२ जना, गण्डकी प्रदेशमा ३ जना, ५ न. प्रदेशमा १ सय ३३ जना, कर्णाली प्रदेशमा ९ जना र सुदूरपश्चिम प्रदेशमा १३ जना उपचारपछि निको भएका छन् ।
आज २ सय १३ जनामा कोरोना संक्रमित पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ भने अहिलेसम्म १३ जनाको मृत्यु भएको छ ।
