
पूर्णपुष्टि, जेठ २९ गते ।
आज नेपालमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३० जना पुरुष र २० जना महिला थपिएपछि नेपालमा संक्रमितको संख्या ४ हाजार ६ सय १४ पुगेको हो ।
सुनसरी ३, रौतहट ४२, बारा ७, धादिङ ७, सर्लाही ४, सप्तरी ९, रौतहट १५, महोत्तरी ४, झापाका ३, दाङका ८, रोल्पाका १४, बाँकेका १३, दैलेखका ४८, सुर्खेतका ७, कपिलवस्तुका १, प्युठानका ४, रुपन्देहीका २९, कैलालीका ७, बाजुराका १८, बझाङका २, नवलपरासीका ६ र कपिलवस्तुका एकजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थप १ सय ८७ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ८ महिला र १ सय ७९ पुरुष रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या ८ सय ६१ ज्ना पुगेको छ ।
अहिलेसम्म कोरोना संक्रमणबाट नेपालमा १५ जनाको मृत्यु भईसकेको छ ।
