Friday, May 22News That Matters

आज थप ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि

पूर्णपुष्टि, साउन ३२

नेपालमा आज थप छ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक सय ३४ जना उपचारपछि निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको भएर डिस्चार्ज हुनेको सङ्ख्या १७ हजार तीन सय ३५ पुगेको छ ।

त्यस्तै गत २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संखया एक सय चार सङ्ख्या पुगेको छ ।