
पूर्णपुष्टि,असार १५ । केही दिन यता वर्षा भएसँगै देशका धेरै ठाउँमहरुमा आज राति देखिनै पानी परिरहेको छ । मौसमविद्का अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा अहिले पनि पानी परिरहेको जानकारी दिएका छन् । केही ठाउँमा ठूलो वर्षा समेत भएको छ ।
मौसमविद् विनु महर्जनका अनुसार गएको २४ घण्टामा त्यहाँ ११९ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको थियो । राति लुम्बिनी प्रदेशसहित कोशी, बाग्मतीका एक–दुई ठाउँमा ठूलो पानी परेको मौसमविद् महर्जनले जनाए । उनका अनुसार आज पनि कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो र केही ठाउँमा अति ठूलो वर्षाको अनुमान छ ।
१० देखि ५० मिलिमिटरलाई मध्यम, ५० देखि १ सय मिलिमिटरलाई ठूलो र एक सयभन्दा बढी मिलिमिटर वर्षा हुनुलाई अति ठूलो वर्षा मानिन्छ । मनसुन सक्रिय भएकाले आज र भोलि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जनाए श्र लगातारजसो झरी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम छ ।
