Tuesday, June 23News That Matters

आज देखि रमजान पर्व सुरु, घरमै नवाज पढ्न आयोगको आग्रह

पूर्णपुष्टि, बैशाख १३ गते । 

इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान आजदेखि सुरु भएको छ भने घरमै बसेर नवाज पढ्न मुस्लिम आयोगले आग्रह गरको छ ।

एक महिनासम्म चल्ने यो पर्वमा इस्लाम धर्मावलम्बी दिउँसो निराहार बस्छन् । रमजान उर्दू क्यालेण्डर अनुसार हिजरी संवत् १४४० हो भने रमजान महिना, नवौँ महीना हो ।

दान दिनु, गरीब र दीन दुःखीलाई सेवा गर्नु यो महीनाको ठूलो विशेषता हो । नबालक, बिरामी, रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन । रमजानमा नमाज लगायत सवै धार्मिक काम घरभित्रै बसेर पूरा गर्न मुश्लिम आयोग र अगुवाहरुले आग्रह गरेका छन् ।

मुस्लिम आयोगले रमजान पर्वमा मस्जिदमा भेला नभई घरमा नै बसी इवादत गर्न र नवाज पढ्न मुस्लिम समुदायलाई आग्रह गरेको छ ।