Monday, June 29News That Matters

आज देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

पूर्णपुष्टि, भदौ २२

आज देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
दिउँसो देशैभरकै मौसम बदली हुने र प्रदेश १, २, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज ठूलो पानी पर्ने सम्भावना छैन । राति पनि देशका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ ।

मनसुनको अन्तिमतिर आइपुगेकाले केही ठाउँमा अचानक ठूलो पानी पर्ने, मेघगर्जन र चट्याङ पर्ने क्रम बढेको जनाएको छ ।