
पूर्णपुष्टि, बैशाख २१ गते ।
आज देशको धेरै ठाउँमा मेघगर्जन, चट्याङ, हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभिन्न प्रणाली सक्रिय भएकाले मंगलबारसम्म देशैभरका मौसम कम खुल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी राति पनि केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ ।
आजको भन्दा सोमबार र मंगलबार धेरै बदली हुने संभावना रहेको महाशाखाले जनाएको छ ।
