
पूर्णपुष्टि, जेठ ७ गते ।
आज नेपालको नयाँ नक्सा सार्वजनिक हुँदैछ । भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भू–भाग समेटेर तयार पारिएको नक्सा आज भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजनिक गर्ने भएको हो ।
नेपालको नयाँ नक्सा नेपाल टेलिभिजन मार्फत लाइभ गरेर सार्वजनिक गरिने जनाईएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै भूमि भएकाले नेपालको नक्सामा राख्ने भन्दै नक्सा स्विृकती गरेको थियो ।
मन्त्रीपरिषद्ले स्विकृत गरेको नयाँ नक्सा सरकारले प्रमाणीकरण गरिसकेको र आज सार्वजनिक गरिने मन्त्रालयले जनाएको छ
अब सबै कार्यालय, दस्तावेज, पाठ्यपुस्तक, कुटनितिक नियोग लगायतमा नेपालको नयाँ नक्सा चलनमा आउनेछ । नेपालको निशान छापमा पनि नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको छ ।
