Friday, May 22News That Matters

आज पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

पूर्णपुष्टि, असोज ११

आज पूर्वका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
गत मंगलबारदेखि देशभरि पानी परेको प्रणाली कमजोर हुँदै गएकाले आज पूर्व बाहेकका ठाउँको मौसम खुल्दै बादल लाग्ने महाशाखाले जनाएको छ ।

आज प्रदेश १ का केही ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशका थोरै ठाउँमा बेलुकीतिर हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना रहेको जनाईएको छ ।
यसैबीच नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने अनुमान गरीएको छ । पाकिस्तान र भारतको राजस्थानबाट नै मनसुन नबाहिरिएकाले नेपालमा अझै कम्तीमा एक हप्ता मनसुन रहिरहने महाशाखाले जनाएको छ ।

यो वर्ष लानेन्या प्रणाली चलेकाले मनसुनमा धेरै स्टेशनमा औसतभन्दा धेरै पानी परेको जनाईएको छ । लानेन्या प्रणाली सक्रिय हुँदा नेपालमा धेरै पानी पर्छ भने एलनिनो प्रणाली चल्दा थोरै पानी पर्ने गर्दछ ।