
पूर्णपुष्टि, असार १०
आज राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
समसामयिक विषयमा छलफल गर्न नेताहरूलाई बेलुकी ५ बजे शितल निवास बोलाइएको हो ।
राष्ट्रपतिले कोरोना महामारीको अवस्था, नागरिकता विधेयकलगायत समसामयिक विषयमा दलका नेताहरूसँग कुराकानी गर्न लाग्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
