
पूर्णपुष्टि, असार १०
आज सुनको भाउ बढेको छ । सुनको तोलामा ५ सय रुपैयाँ बढेर ९१ हजार १ सय रुपैयाँ पुगेको हो ।
हिजो सुन तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ तोलाको ९ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो तोलाको ९ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
