Monday, July 27News That Matters

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालमा सिल

पूर्णपुष्टि, असार १०

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत ४ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरिएको छ ।

फरक–फरक डिपार्टमेन्टमा काम गर्ने ४ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएकाले अस्पताल सिल गरिएको कर्णाली प्रतिष्ठानका अस्पतालले जनाएको छ ।

हिजो राति आएको नतिजा उक्त स्वास्थ्यकर्मी र कर्मचारीमा पोजेटिभ देखिएपछि पदाधिकारी बैठक बसेर अस्पताल सिल गर्ने निर्णय गरिएको हो । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा, रजिष्ट्रार विश्वराज काफ्ले, निर्देशक रावल सहित प्रतिष्ठानका कोभिड नियन्त्रण अभियानमा लागेका उच्चस्तरका स्वास्थ्यकर्मी र कर्मचारीहरुको बैठकले अस्पतालको ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको हो ।

ती कर्मचारीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई आईसोलेसनमा राखिएको प्रतिष्ठानले जनाएको छ । यस्तै एकजना बुटवलका व्यक्तिमा पनि कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ ।