
पूर्णपुष्टि, असार ४ गते ।
आज भनिएको दुई देशका उडा रद्द भएको छ । साउदी र यूएईबाट नेपाल एअरलाईन्सले उडान भर्ने भनिएको तालिका रद्द भएको हो ।
साउदीको रियादबाट नेपाल एअरलाइन्सले विहिबार भनिएको उडान रद्द भएपछि जुन २१ ऋर्थात असार ७ गते उडा भर्ने भएको छ ।
यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा ४ सय ४५ जना नेपाली रहेको साउदीमा रहेको नेपाली दूतावासले जनाएको छ । प्राथमिकतामा परेका नेपालीको सूची दूतावासले नेपाल एअरलाइन्सको प्रतिनिधिलाई दिइसकेको जनाएको छ । यो उडानमार्फत स्वदेश फर्कनेले कोरोना जाँचको प्रमाण साथैमा राख्नुपर्नेछ ।
त्यस्तै आजकै दिन संयुक्त अरब इमिरेट्स यूएईबाट हुने भनिएको नेपाल एअरलाइन्सको उडान पनि रद्द भएको छ । यो उडान कहिले हुन्छ भन्ने जानकारी आएको छैन ।
