
पूर्णपुष्टि, भदौ २१
आज राती देशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । दिउँसो देशभर बदली रही केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राति प्रदेश १, २, वाग्मती र गण्डकी प्रदेशको केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु ठाउँमा भने हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको जनाईएको छ ।
भोलि र पर्सिको मौसम पनि यस्तै रहने अनुमान छ । अबको २, ३ दिन लगातार ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना भने नभएको महाशाखाले जनाएको छ ।
