Saturday, June 6News That Matters

आज विदेशी मुद्राको विनिमय दर

पूर्णपुष्टि, चैत ६ गते । 

आज विदेशी मुद्राको भाउ केहि घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर १ कोे खरिददर १ सय १८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ११ पैसा तोकेको छ । हिजो डलर १ कोे खरिददर १ सय १८ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९ पैसा रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको थियो ।

ओमानी रियाल १ को खरिददर ३ सय १० रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८ रुपैयाँ ८९ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४२ पैसा रहेको थियो ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३७ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४० पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा तोकेको थियो ।

कुवेती दिनार १ को खरिददर ३ सय ८२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३ सय ८४ रुपैयाँ ५ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ८४ रुपैयाँ ६० पैसा तोकिएको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३ सय १५ रुपैयाँ ४४ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १३ रुपैयाँ ८० पैसा र बिक्रीदर ३ सय १५ रुपैयाँ ३९ पैसा रहेको थियो ।