
मंसिर २२ गते ।
आज नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ स१४ रुपैयाँ २१ पैसा तोकेको छ । त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ भने ओमानी रियाल १ को खरिददर २ सय ९५ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०९ पैसा छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३१ पैसा र बिक्रीदर २७ रुपैयाँ ४६ पैसा तोकेको छ भने कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा पुगेको छ । त्यस्तै कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ २८ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ २५ पैसा रहेको छ ।
बहराइन दिनार १ को खरिददर ३ सय २ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ९१ पैसा तोकेको छ ।
