Tuesday, June 30News That Matters

आज शेयर बजार ९० अङ्कभन्दा धेरैले बढ्यो

पूर्णपुष्टि, फागुन २०

आज नेप्से परिसूचक ९० अङ्कभन्दा धेरैले बढेको छ । नेप्से ९०.२७ अङ्कले बढेर २ हजार ५ सय ६.२८ अङ्कमा पुगेको छ ।

जीवन बीमा समूहको शेयर ५ सय ७१.९५ अङ्कले, निर्जीवन बीमा समूहको शेयर ३ सय २४ अङ्कले र ट्रेडिङको दुई सय ५६.७१ अङ्कले बढेको छ ।

२ सय ६ कम्पनीका १ करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ५३ करोड २३ लाख रुपैयाँको शेयर कारोबार भयो ।

सूर्याेदय लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी लिमिटेड र चन्द्रागिरि हिल्स लिमिटेडका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । एनएमबी ५० का लगानीकर्ताले भने ३ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।