पूर्णपुष्टि, पुष २१ । आज नेपाली पात्रो अनुसार आसिखहरुको दसौँ गुरु गुरु गोबिन्द सिंह को आज ५ जनवरीको दिन जन्म जयन्ति हो । एक महान योद्धा,कवि, भक्त र आध्यात्मिक नेता गुरु गोबिन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरुको दसौँ गुरु हुनुभयो । आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको गुरु गोबिन्द सिंह निकै शान्त व्यक्तित्व हुनुहुन्थ्यो । आफ्नो अहिले सोच्चे दुश्मनहरुसंग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताको साथ सामना गर्नुहुन्थ्यो । गुरु गोबिन्द सिंहको मान्यता थियो कि मनुष्यले नकसैसंग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ ।
गुरु गोबिन्दलाई उनको बाल्यकालमा गोबिन्द राय भनिन्थ्यो । उनका पिता गुरु तेघबहादुर नवौँ सिख गुरु हुनुहुन्थ्यो । गुरु गोबिन्दको जन्म हुदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न जानुभएको थियो । गोबिन्द सिंहको बाल्यकालको ४ वर्ष पटनामा बितेको थियो । पटनामा उहा त्यसबेला बस्ने घरलाई अहिले तखत श्री पटना साहिब नामको गुरुद्धारा स्थापना गरिएको छ ।
४ वर्ष पटनामा बिताएपछि उहा आफ्नो परिवार संग पन्जाब आउनु भएको हो । त्यसको दुइ बर्ष पछि फेरी गुरु गोबिन्द सिंह आफ्नो बुबुा आमासंग हिमालयको शिवालिक पहाडमा बसाइ सर्नुभयो र त्यहाँ बाट उनको प्रारम्भिक शिक्षा सुरु भयो ।
गोबिन्द सिंह र उनका पिताको पहलमा उहाँहरु बस्नुभएको ठाउँ पूर्णतया कुनै पनि किसिमको भेदभावबाट मुक्त हुनैगयो । त्यहाँका मानिसहरुमा समानताको लहर फैलाउन गोबिन्द सिंहका पिता निरन्तर लागिरहे ।
