
पूर्णपुष्टि, चैत ३ गते ।
आज अमेरिकी डलर सहित सबै विदेशी मुद्राको भाउ केही पैसा घटेको छ । नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो डलर १ कोे खरिददर १ सय १७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १ सय १८ रुपैयाँ ५८ पैसा रहेको थियो ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा थियो । त्यस्तै कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको थियो ।
ओमानी रियाल १ को खरिददर ३ सय ८ रुपैयाँ ३७ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ९ रुपैयाँ ३१ पैसा तोकेको थियो । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २१ पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १२ पैसा र बिक्रीदर ३२ रुपैयाँ २८ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५१ पैसा र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५८ पैसा र बिक्रीदर २७ रुपैयाँ ७२ पैसा रहेको थियो । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा तोकेको थियो ।
कुवेती दिनार १ को खरिददर ३ सय ८१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ४३ पैसा तोकेको छ । हिजो खरिददर ३ सय ८३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३ सय ८५ रुपैयाँ ३८ पैसा तोकिएको थियो । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय १२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३ सय १३ रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो खरिददर ३ सय १२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३ सय १४ रुपैयाँ ८ पैसा रहेको थियो ।
