Sunday, June 28News That Matters

आज सुनको भाउ घट्यो

 पूर्णपुष्टि, पुष १४

आज सुनको भाउ घटेको छ । आज सुनको भाउ ८ सय रुपैयाँले घटेर तोलाको ९४ हजार १ सय रुपैयाँ पुगेको छ । सोमबार सुन तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको महासङ्घले जनाएको छ । आज चाँदी १३ सय रुपैयाँमा किनबेच भइरहेको छ ।