
पूर्णपुष्टि, फागुन १८
आज सुनको भाउ घटेको छ । सुन तोलामा एक हजार ७ सय रुपैयाँले घटेर ८८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनसंगै चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १ हजार २ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
