
आज सुनको भाउ घट्यो
आज सुनको भाउ घटेको छ । सुन तोलामा १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
