
पूर्णपुष्टि,पुष १५
सुनको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा १ सय रुपैयाँले बढेको छ । हिजो ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको भाउ पनि आज बढेको छ । चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ । हिजो १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।
