
पूर्णपुष्टि, असोज ९
आज सुनको भाउ बढेको छ । सुन तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो ।
यस्तै चाँदी आज तोलामा ४० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार १ सय ६० रुपैयाँ पुगेको छ ।
