
फागुन १ गते ।
आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । बिहीबार सुनको भाउ तोलाको ७६ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुन तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ७५ हजार सात सय रुपैयाँमा झरेको थियो । यस्तै चाँदीको तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ८० रुपैयाँ पुगेको छ ।
