Sunday, June 28News That Matters

आज सुनको भाउ १ हजारले बढ्यो

पुर्णपुष्टि, कात्तिक २१

आज सुनको भाउ तोलाको एक हजार रुपैयाँले बढेको छ ।
सुन बढेर तोलाको ९७ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ हिजो तोलामा सय रुपैयाँ घटेर तोलामा ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ पनि आज एकैदिन तोलामा ४५ रुपैयाँ बढेर तोलाको १२ सय ५५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।