
पूर्णपुष्टि, पुष २३
आज सुनको भाउमा भारी गिरावट भएको छ । सुनको भाउ तोलामा एकै दिन १३ सय रुपैयाँले घटेको सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।
बिहिबार सुनको भाउ तोलामा ९५ हजार ४ सय रुपैयाँ कारोवार भएको थियो । आज सुनको भाउ घटेर ९४ हजार १ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदीको भाउ पनि आज घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा करोबार भैरहेको छ ।
