Sunday, May 17News That Matters

आज सुनको मुल्य घट्यो

पूर्णपुष्टि, बैशाख २२

मंगलबार सुनको मुल्य घटेको छ । तोलाको ३ सय रुपयाँले मुल्य घटेर आज सुनको कारोबार मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको प्रतितोल मूल्यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार एक हजार तीन सय २० रुपैयाँ तोकेको छ ।

देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शून्य जस्तै रहेको महासंघले जनाएको छ ।