Sunday, June 7News That Matters

आज सुनचाँदीको भाउ घट्यो

माघ १५ गते । 

आज सुनको भाउ घटेको छ । बुधबार सुन तोलाको चार सय रुपैयाँ घटेको हो ।

सुन तोलाको चार सय रुपैयाँ घटेर ७५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी तोलाको आठ सय ७० रुपैयाँमा कारोबार भैरहेको संघले जनाएको छ ।