Wednesday, June 10News That Matters

आजको मौसम काहाँ काहाँ पदैछ पानी ?

पूर्णपुष्टि, २८ जेष्ठ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।
हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलबाष्प युक्त हावा र बिहार आसपास भएको न्यून चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोशी बाहेक अन्य भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार, आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

राती पनि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूका साथै मधेश प्रदेश लगायत देशका बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मेघ(गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।