
पूर्णपुष्टि,फागुन १४ गते ।
आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ कोे खरिददर १ सय १४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ३२ पैसा तोकेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा तोकेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६७ पैसा तोकेको छ ।
ओमानी रियाल १ को खरिददर ३ सय रुपैयाँ तोकेको छ । त्यस्तै यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकेको छ ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९ पैसा र बिक्रीदर २७ रुपैयाँ २३ पैसा तोकेको छ । त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा तोकेको छ ।
कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ४२ पैसा तोकेको छ । त्यस्तै बहराइन दिनार १ को खरिददर ३ सय ४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३ सय ५ रुपैयाँ ८८ पैसा तोकेको छ ।
