Saturday, April 25News That Matters

आजदेखि तीन दिनसम्म सबै बैंकका शाखाहरु बन्द

पूर्णपुष्टि, कात्तिक २९ 

आजदेखि तीन दिनसम्म बैंकहरु बन्द हुने भएका छन् । तिहारको बिदा अवधि आज, भोलि र पर्सि सबै बैंकहरु बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ ।
गत वर्षको दशैँ तथा तिहारको बिदामा समेत सीमित बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन हुने बैंकहरुले जनाएको छ ।

संघले कोरोना भाइरस सङ्क्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग र एटीएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गर्दै आएको छ ।