Tuesday, June 9News That Matters

आजदेखि सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था खुल्ने

 पूर्णपुष्टि,कार्तिक १२ 

आजदेखि सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था खुल्ने भएको छ । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेकोमा आजबाट खुल्ने भएको हो ।

दसैं बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हो ।दसैं मनाउन कार्यक्षेत्रबाट घर गाउँ गएकाहरु पनि फर्कन थालेका छन् । कोरोना भाईरस कोभिड १९ का कारण यो वर्षको दसंै अरु वर्षको तुलनामा खासै चहलपहल भने भएन ।

दसैं टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा–टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ ।