Thursday, April 30News That Matters

आजबाट उदयपुर जिल्ला समन्वय समितिको निर्वाचन प्रकृया शुरु

पूर्णपुष्टि, असार ६ गते ।
उदयपुरको जिल्ला समन्वय समितिको निर्वाचनको औपचारिक प्रकृया आज (सोमवार) बाट शुरु भएको छ । निर्वाचन प्रकृया अन्तगत आज मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावली सञ्याउने वा छुट नाम समावेश गर्न दरखास्त दिने काम हुनेछ ।
यसरी नामावली सच्याएको वा थप भएको खण्डमा सो संशोधित नामवली प्रकाशन हुनेछ । यस्तै मतदाताको विरोधमा उजुरी दिने कार्य समेत आजै हुनेछ । मतदाताको विरोधमा परेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपर छानविन÷जाचवुझ गरी अन्तिम नामवली प्रकाशन समेत आजै गर्ने तयारी गरेको छ ।
जिल्ला समन्वय समिति उदयपुरको निर्वाचन भने असार ९ गते हुने तय भएको छ ।