Tuesday, April 21News That Matters

आजबाट सडकमा देखिए ट्राफिक

पूर्णपुष्टि/गाईघाट, असोज ३ । 
उदयपुरमा आजबाट ट्राफिक प्रहरी सडकमा देखिएका छन् । सडक सुरक्षा र ट्राफिक नियम नियमन र अनुगमनका लागि तैनाथ रहने ट्राफिक प्रहरी जेनजी आन्दोलन पछि सडकमा देखिएका थिएनन् । सडकमा ट्राफिक नहुँदा सवारी साधन संञ्चालन र ब्यवस्थापन अब्यवस्थित बन्दै गएको थियो । सडकबीचमा ब्यवसायीहरुबीच विवादसमेत हुने गरेको थियो । सडकमा लापरवाही बढ्दै गएको थियो । हेलमेटविना मोटरसाईकल चलाउने, तिब्र गतिमा कुदाउने र बजारमा जथाभावी पार्किङ गरेर सडक अस्तब्यस्त बन्दै गएको थियो ।
जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रहरी सहायक निरिक्षक प्रविन कार्कीका अनुसार आजबाट सडकमा खटिएको हो । जिल्लाका सबै ट्राफिक जनशक्ति विगत झै सडक, चौकमा खटिएका हुन् । जेनजी आन्दोलन पछि सुरक्षा तथा अन्य ब्यवस्थापनका कारण ट्राफिक बाहिर निस्केको थिएन । देशभरमा आन्दोलनको क्रममा ट्राफिक र प्रहरीको थुप्रै संरचनामा क्षती पुगेका छन् । उदयपुरमा भने सुरक्षाकर्मी र ट्राफिक स‌रचनामा क्षती पुगेकाे छैन ।