
पूर्णपुष्टि, भदौ १०
आज मात्रै मुख्यमन्त्री बनेका एमाले नेता भिम आचार्यको भाई राम आचार्य मृत फेला परेको छ । भिम आचार्य आज मात्रै १ नं प्रदेशका मुख्यमन्त्री नियुक्ती भएका छन् । आचार्यका भाई राम आचार्य इनरुवा ३ आफ्नै घरमा मृत फेला परेको स्रोतले जानकारी दिएको छ ।
इनरुवामा रहेको घरमा ढोका फोडेर हेर्दा उनी मृत भेटिएका हुन् । घटनास्थलमा प्रहरीले मुचुल्का उठाइरहेको छ । मानसिक समस्याले पीडित आचार्य घरमा एक्लै बस्दै आएका थिए । प्रारम्भिक अनुसन्धानबाट आचार्यको शरीरमा चोटपटक नदेखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । घटना माथी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
