Monday, May 4News That Matters

आफन्तलाई विदाई तथा स्वागत गर्न ३ जना मात्र विमानस्थल जान पाइने

पूर्णपुष्टि,असार १२ । त्रियुवन अन्तराष्ट्रिय विमानस्थलमा आफन्तको स्वागत र विदाईका लागि अब तीन जना मात्र जाने पाइने भएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरूको संख्या बढ्दै जाँदा भवन बाहिरको स्थानमा सीमितता रहेका कारण यात्रुको विदाईका लागि तीन जनामात्र जान पाउने व्यवस्था गरिएको हो ।

मंगलबार विमानस्थलले विमानस्थल क्षेत्रमा बिदाइ तथा स्वागत गर्न आउने आफन्त लगायतको भीडभाडले विमानस्थलमा सवारी ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको जनाएको छ । यात्रु निस्कने ठाउँमा दुर्घटना हुने जोखिम भएको तथा यात्रुको सहज आवतजावतमा समस्या भएकाले यस्तो व्यवस्था गरिएको उक्त सूचनामा उल्लेख छ।

सूचनामा भनिएको छ ‘यस्ता समस्या तथा चुनौतीलाई मध्यनजर गर्दै अब उपरान्त विदाई तथा स्वागत गर्न आउने आफन्त तथा मित्रजनहरूको प्रवेशलाई न्यूनीकरण गर्न आवश्यक देखिएकाले एक जना यात्रुको लागि बढीमा ३ जना मात्र आफन्तजन आई स्वागत तथा विदाई गरी भिडभाड नियन्त्रणमा सहयोग गरिदिन अपिल गरिन्छ।’